मुख्यमन्त्री तामाङले सिङलिङमा स्थानीय मानिसहरूसॅंग भेटघाट गरे

n6376481111730628693691726c88047840a1c5c9ec9bcf3e2fb5defadec4145c189672a83a41761d8f7a68

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज​ बिहान तिहारको शुभ अवसरमा सोरेङ जिल्लाको सिङलिङस्थित आफ्नो गृहनगरमा स्थानीय मानिसहरूसॅंग भेट गरेको जानकारी मुख्यमन्त्रीले आज सोशियल मिडिया फेसबुकमा दिएका छन्। मुख्यमन्त्रीले भने, ‘हाम्रो सरकार चाडपर्व वा सामान्य दिनहरूमा जनताको चासो सुन्न र सम्बोधन गर्ने प्रतिबद्धतामा अडिग छ। हाम्रा समृद्ध परम्परागत चाडपर्वहरू सँगै मनाउने क्रममा तपाईंहरू प्रत्येकलाई आनन्द र प्यारो पलहरूको कामना गर्दछु।’

About Author

Advertisement