गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले भगवान बिरसा मुण्डाको जन्म जयन्तीमा उनको स्मरण गर्दै नमन गरेका छन्। उनले महान स्वतन्त्रता सेनानी, समाज सुधारक र जनजाति नेता भगवान बिरसा मुन्डाले प्रतिरोध र न्यायप्रतिको समर्पणको अटुट भावनाले पुस्ताहरूलाई प्रेरित गरे भनी बताएका छन्।मुख्यमन्त्रीले यस अवसरमा उनको चिरस्थायी विरासतमाथि विचार गरौं तथा देशभरिका आदिवासी समुदायहरूलाई सशक्त बनाउन र उनीहरूको उत्थानको निम्ति आफ्नो प्रतिबद्धताको पुष्टि गरौं भनेका छन्। भगवान बिरसा मुण्डको मूल्य-मान्यता र साहसले हामीलाई अझ न्यायपूर्ण, समावेशी र समतामूलक समाजतर्फ डोऱ्याइरहुन् भनी मुख्यमन्त्रीले कामना गरेका छन्।











