गान्तोक: दिल्ली भ्रमणमा राज्यका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नयाँ दिल्लीमा रोगीहरूसँग भेट गर्दै आर्थिक सहयोग प्रदान गरे। विशेष गरेर सिक्किम राज्यबाट दिल्लीको विभिन्न अस्पतालमा उपचार गराउन गएका राज्यका रोगी साथै उनीहरूको परिवारसँग भेट गर्दै रोगीको आवश्यकताअनुसार आर्थिक सहयोग प्रदान गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बचन दिएका छन्।

उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री तामाङले दिल्ली जाने क्रममा त्यहाँ उपचारधीन रोगीहरूसँग भेट गर्दै आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्।

यसरी मुख्यमन्त्रीले रोगीका परिवालाई आर्थिक सहयोग प्रदान गरेकोमा उनीहरूले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।









