मुख्यमन्त्री तामाङले गरे तीन कलाकारका अभिभावकहरूसँग भेट

IMG-20230721-WA0344.jpg

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यका तीन कलाकारहरूका परिवारसँग भेट गर्दै अन्तरक्रिया गरे। मुख्यमन्त्रीले विशेष गरेर विभिन्न ऱ्यालिटी शोमा आफ्नो कला प्रदर्शन गरिरहेका तीन जना कलाकार मिङमा डी. लेप्चा, प्रितम राई र शिशिर ठटालका परिवारसँग उनको सरकारी निवासमा भेट गरेका हुन्।

शिशिर ठटाल, प्रितम राई र मिङमा डी. लेप्चाले नेपालमा चलिरहेको सिङगिङ र डान्सिङ ऱ्यालिटी शो क्रमशः मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्समा आफ्नो प्रतिभा देखाउँदै आइरहेका छन्। आजको यस भेटको क्रममा मिङमा डी. लेप्चाकी आमा दाउकी लेप्चा, विकास राई, जसमाया राई, मिलन ठटाल र उनकी पत्नी क्रिस्टिना ठटाल पनि रहेका थिए।

यसरी नै स्टेप डान्स एकादमी नाम्चीका प्रशिक्षकको पनि सामेल रहेका थिए। ऱ्यालिटी सो-मा प्रदर्शन गरिरहेका सबैलाई मुख्यमन्त्रीले बधाई दिँदै राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा प्रदर्शन गर्ने कलाकारहरूलाई सदैव आफ्नो तर्फबाट सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्।

About Author

Advertisement