मुख्यमन्त्री तामाङले गरे शिरडी साई बाबा मन्दिरमा पूजा

IMG-20250419-WA0289

गान्तोक: महाराष्ट्र भ्रमणको क्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज शिरडी साई मन्दिर पुगेर पूजा-अर्चना गरे। पूजा गर्ने क्रममा मुख्यमन्त्री तामाङले सिक्किमबासीका निम्ति प्रार्थना चढ़ाए। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा आजको भ्रमणबारे जिकिर गरेका छन्। तामाङले पवित्र साई बाबा मन्दिरमा प्रार्थना गरेंर समग्र सिक्किमबासीको शान्ति, समृद्धि र कल्याणको लागि प्रार्थना चढ़ाएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले थप उल्लेख गरेअनुसार आफूले पवित्र शिरडी साई बाबाको मन्दिरमा पूजा गरेर मार्गदर्शन, राज्यबासीको हितमा आशीर्वाद, सद्भावना र सामुहिक प्रगतिको माग गरेको हुँ। यस अवसरमा मुख्यमन्त्रीसँग सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, वन विभागीय मन्त्री पिञ्छो नामग्याल लेप्चा, विधायक सञ्जीत खरेललगायत अन्य अधिकारीहरू पनि सामेल थिए।

About Author

Advertisement