मुख्यमन्त्री तामाङले गरे दिल्ली पब्लिक स्कूल, गान्ताेककाे उद्घाटन

IMG-20241021-WA0265

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीमा प्रतिष्ठित दिल्ली पब्लिक स्कूल उद्घाटन गरेका छन्। मुख्यमन्त्रीले सिक्किमको शैक्षिक परिदृश्यमा नयाँ अध्यायको सङ्केत गर्ने एउटा महत्त्वपूर्ण अवसर बताउॅंदै यस स्कूलकाे स्थापनाले शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी बताएका छन्।मुख्यमन्त्रीले आज साेशियल साइट फेसबुकमा भने, यस्तो प्रतिष्ठित संस्थाको उपस्थितिले यस क्षेत्रको शिक्षाको गुणस्तरलाई निस्सन्देह बढाउने छ। समग्र विकास, आधुनिक शिक्षण पद्धति र बृहत् पाठ्यक्रममा ध्यान केन्द्रित गर्दै दिल्ली पब्लिक स्कूलले विद्यार्थीहरूलाई बढ्दो प्रतिस्पर्धात्मक संसारमा अगाडि बढाउनका लागि आवश्यक पर्ने उपकरणहरू प्रदान गर्नेछ।मुख्यमन्त्रीले अघि भने, यस विद्यालयले सिक्किमका युवाहरूकाे निम्ति अवसरकाे किरणकाे रूपमा काम गर्नेछ, जसले सिक्ने, रचनात्मकता र आलाेचनात्मक साेचकाे संस्कृतिलाई बढावा दिनेछ। हामीले शिक्षामा निवेश गरिरहॅंदा, हामी आफ्नओ समुदायकाे भविष्यमा निवेश गरिरहेका हुन्छाैं र भावी पुस्तालाई आफ्नओ पूर्ण क्षमतासम्म पुऱ्याउन उनीहरूलाई सशक्त बनाउॅंछाैं।मुख्यमन्त्रीले दिल्ली पब्लिक स्कूल, गान्ताेकसॅंग सम्बन्धित सबैलाई बधाई दिएका छन्।

यस स्कूलले विद्यार्थीहरूलाई आफ्नओ सपनाहरू साकार बनाउन र आफ्ना प्रयासहरूमा उत्कृष्टता प्राप्त गर्न प्रेरित गरून् भनी कामना गरेका छन्।

About Author

Advertisement