गान्तोक: मुख्यमन्त्री मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यका दुई फरक स्थानको भ्रमण गरी दिवंगत व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छन्।
मुख्यमन्त्री तामाङ पिपलेस्थित पावर कोलोनी निवासी स्वर्गीय श्री हर्कबहादुर खाती र मेयोङ निवासी स्वर्गीय श्री तारा कुमार राईको निवासमा पुग्नुभएको थियो। सो अवसरमा उहाँले दिवंगत आत्माहरूप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै पुष्पगुच्छा चढाउनुभयो।
शोकाकुल परिवारजनसँग भेटघाट गर्दै मुख्यमन्त्रीले भन्नुभयो, “यस दुःखद घडीमा म दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दछु। शोकमा डुबेका परिवार र आफन्तजनप्रति मेरो गहिरो समवेदना छ।” उहाँले परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना समेत गर्नुभयो।

भ्रमणका क्रममा मुख्यमन्त्रीले दुवै परिवारका सदस्यहरूसँग केही समय बिताउँदै उनीहरूको पीडामा ऐक्यबद्धता जनाउनुभएको थियो।











