गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत शुरू गरिएको हर घर तिरङ्गा कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको बासस्थानमा पनि राष्ट्रीय झण्डा लगाइयो। आजादीमा अमृत महोत्सव अन्तर्गत आज लगाइएको झण्डा १५ अगस्तसम्म रहनेछ। यस अवसरमा लुम्सेमा रहेको मुख्यमन्त्रीको निजी निवास, तिञ्जिर, सिङलिङ र नाम्चीको घरमा पनि झण्डा लगाइएको जानकारी गराएको छ। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई हर घर तिरङगा अभियान अन्तर्गत सबैले घऱमा राष्ट्रीय झण्डा लगाउनु पर्ने आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीको आदेशलाई पालन गर्दै सिक्किम राज्यमा पनि आजेदखि सबैले आफ्नो घरमा राष्ट्रीय झण्डा लगाउने कार्य शुरू गरेका छन्।









