मुख्यमन्त्री काे सिनियर महिला क्रिकेट टिमसंग भेट

FB_IMG_1767538811292

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम सिनियर महिलाहरूको क्रिकेट टिमसँग भेट गरेर उनीहरूको ऐतिहासिक सफलतामा हार्दिक बधाई प्रकट गरे। उनले बीसीसीआई सिनियर विमेन्स टी–२० ट्रफी २०२५–२६ को प्लेट डिभिजन विजेता बन्दै सिक्किमले पहिलोपटक राष्ट्रिय क्रिकेट उपाधि जितेको उपलब्धि हासिल गरेको छ भनि सामाजिक संजाल मार्फत जनाए।
ज्ञातव्य रहोस् सिक्किमले १८ अक्टोबर २०२५ मा अगरतलामा भएको फाइनल खेलमा नगाल्याण्डलाई हरायो। टुर्नामेन्टभरि अपराजित रहेर, टिमले ३ विकेटको क्षतिमा १३१ रन बनाउँदै नगाल्याण्डलाई ८ विकेटमा १२१ रनमै रोक्दै रोमाञ्चक १० रनको जित हात पारेको छ।
राष्ट्रिय स्तरमा टिमले देखाएको समर्पण, धैर्य र उत्कृष्ट प्रदर्शनप्रति मुख्यमन्त्रीले अत्यन्त गर्व व्यक्त गरे। यो ऐतिहासिक विजयले सिक्किमको प्रतिष्ठा बढाउनुका साथै राज्यभरिका युवा खेलाडीहरूका लागि ठूलो प्रेरणाको स्रोत बनेको मुख्यमन्त्रीले अनुभव गरे। उनले भने यस उपलब्धिले सिक्किम क्रिकेटका लागि गौरवपूर्ण क्षण चिन्हित गरेको छ र यस क्षेत्रको महिलामूलक खेलको बढ्दो शक्तिलाई उजागर गर्छ।

About Author

Advertisement