गुवाहाटीः मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले हाई स्कूल परीक्षाको परिणामहरूमा सफल हुने विद्यार्थीहरूलाई हार्दिक बधाई एवं भविष्यमा अघि बढ्नका लागि शुभकामना दिएका छन्। उनले असफल विद्यार्थीहरूलाई एकाग्रताले अघि बढ्ने मन्त्र दिए।
सोमवार परीक्षा परिणाम घोषित भएपछि मुख्यमन्त्री डा. सरमाले सोशलमीडिया फेसबुकमा एउटा पोस्ट साझा गर्दै विद्यार्थीहरूलाई आफ्नो शुभकामना दिँदै भने, तपाईको यस उपलब्धीले भावी पीढ़ीलाई प्रेरित गर्नेछ। तपाई भविष्यमा जीवनपथमा दृढ़ संकल्प र आत्मविश्वासको साथ अग्रसर हुँदै देशको कल्याणको निम्ति एक उत्तम नागरिक बनुन्, म यही कामना गर्दछु। जुन छात्रहरूले वाञ्छित परिणाम पाएका छैनन्, उनी निःराश नहोउ र आउने समयममा एकाग्रता र दृढ़ताको साथ अघि बढ़ र सफलता प्राप्त गर।









