गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सामाजिक संजाल मार्फत सिक्किमका विधायक लोकनाथ शर्मालाई जन्मदिनको हार्दिक शुभकामना टक्राए।
मुख्यमन्त्रीले आउँदा वर्षहरू विधायक शर्माको निम्ति अझ बढी ज्ञान, खुशी र उपलब्धिले भरिपूर्ण रहोस् साथै विधायकलाई सुस्वास्थ्य, अटूट शक्ति तथा जनसेवामा समर्पित रहँदै धेरै वर्षसम्म सेवा गर्ने अवसर मिलिरहोस् भन्ने कामना व्यक्त गरे।









