मुख्यमन्त्रीले मिन्तोकगाङमा राष्ट्रिय ध्वजारोहण

cmpst_705

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान ७७औं स्वतन्त्रता दिवसको अवसरमा मिन्तोकगाङमा राष्ट्रिय ध्वजारोहण गरे। देशभक्तिपूर्ण समारोहमा सहभागी बन्दै मुख्यमन्त्रीले आफ्नो आवासीय कार्यालयमा राष्ट्रिय ध्वजारोहण गरे।

इण्डियन रिजर्भ बटालियनका जवानहरूको गार्ड अफ् अनरका साथ समारोह शुरू भयो। मुख्यमन्त्रीले राष्ट्रिय ध्वजारोहण गरेपछि राष्ट्र गान गाइयो।

About Author

Advertisement