गुवाहाटी(असम): मुख्यमन्त्रीले नव वर्षको अवसरमा गुवाहाटीको व्यस्त पल्टन बजारमा फुट ओभर ब्रिजको उदघटना गरेका छन ।सो पुलको निर्माण करिव १७करोड़ रुपियाँको लागतमा बनेको हो। ओभर ब्रिजले जीएसरोडलाई मात्र सुरक्षित ढंगमा पार गर्ने सुविधा दिँदैन जबकि रेलवे स्टेशन अनि एएसटीसी बस स्ट्याण्डसम्म यात्रीहरूको आवागमनलाई पनि सहज बनाउने छ। मुख्यमन्त्रीले भने, यो परियोजना शहरमा पैदल यात्रीहरूको सुरक्षा र सहजताको लागि एक महत्वपूर्ण कदम हो।










