मुख्यमन्त्रीले दिए राज्यवासीहरू, विशेषरूपमा इसाई समुदायलाई गुड फ्राइडेको बधाई एवं शुभकामना

IMG-20230306-WA0295.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरू, विशेषरूपमा इसाई समुदायलाई गुड फ्राइडेको बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा भनेका छन्, गुड फ्राइडे प्रभु यीशूले गरेका सर्वोच्च अनि निःस्वार्थ बलिदानको उदाहरण हो।

वर्तमान समयमा धर्म, जात, सम्प्रदायको भेदभाव नगरि क्षमा, दया र भ्रातृत्वको शिक्षाभन्दा ठूलो पाठ अरू केही छैन।

मुख्यमन्त्रीले यस अवसरमा आफैलाई पुनः समर्पण गरौं, प्रतिबिम्बित गरौं र यी महत्वपूर्ण गुणहरूलाई आत्मसात गरौं भनी आह्वान गरेका छन्। उनले प्रेम, शान्ति र क्षमाका महान आदर्शहरूलाई आत्मसात गर्न आह्वान गर्दै गुड फ्राइडे र इस्टरले सबैमा शान्ति, समृद्धि र खुशी ल्याओस् भनी कामना पनि गरेका छन्।

About Author

Advertisement