मुख्यमन्त्रीले दिए पूर्व मन्त्री थुटोप भोटियालाई श्रद्धाञ्जली

IMG-20250104-WA0287

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पूर्वमन्त्री स्वर्गीय थुटोप भोटियाको निजी बासस्थान टाशीडिङ पुगेर दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले यस दुःखद् घडीमा शोकसन्तप्त परिवार र आफन्तजनप्रति गहिरो सम्वेदना प्रकट गरे। दुःखको यस घडीमा सबैमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी दिवंगत आत्माको चिरशान्तिको कामना सहित मुख्यमन्त्रीले प्रार्थना गरे।
यस अवसरमा मुख्यमन्त्रीसँग क्षेत्र विधायक तथा मन्त्री छिरिङ टी भोटिया, विधायक सुदेश कुमार सुब्बा, गेजिङ जिल्ला उपाध्याक्ष अनिता राई, पूर्व विधायक, अध्यक्ष एवं सल्लाहकारहरू, जिल्लापाल तेन्जिङ डी डेन्जोङ्पा,अतिरिक्त पुलिस अधीक्षक सोनम वाङ्दी भुटिया आदि थिए।

About Author

Advertisement