मुख्यमन्त्रीले दिए परमपावन गुरुङ टुल्कू निमा होइसर रिम्पोछेलाई जन्मदिनको शुभकामना

n66772461717494948745184ef0d59bd10cf38d838b0b7f6567b06bbf2a23256ef8620b2f9521b81e7fb036

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आफूलगायत सिक्किमका जनताको तर्फबाट परमपावन गुरुङ टुल्कू निमा होइसर रिम्पोछे (गुरुदेव) लाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभेच्छा एवं अभिवादन व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा भने, गुरुदेवको पवित्र उपस्थितिले अनगिन्ती आत्माहरूलाई शान्ति, बुद्धि र आध्यात्मिक जागरणतर्फ डोऱ्याइरहन्छ। उहाँको जीवन र शिक्षाहरूले हामीलाई करुणा र स्पष्टताको मार्गमा हिड्न प्रेरित गर्ने उज्ज्वल प्रकाशको रूपमा काम गर्दछ।
मुख्यमन्त्री तामाङले गुरुदेव हाल चिकित्सा देखरेख रहेको अवगत गराउॅंदै उहॉंको शीघ्र र पूर्ण स्वास्थ्यलाभको लागि हार्दिक प्रार्थना गरेका छन्। यो विशेष दिनले उहाँलाई आराम, शक्ति र शान्ति प्रदान गरुन् र उहाँको दिव्य अनुग्रह र आशीर्वादले हामी सबैलाई मार्गदर्शन र उत्थान गरिरहुन् भनी उनले कामना पनि गरेका छन्।

About Author

Advertisement