गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले तामु लोचारको हर्षोल्लासपूर्ण शुभ अवसरमा, सिक्किमबासी सबैलाई र विशेषगरी गुरुङ्ग समुदायलाई हार्दिक शुभकामना तथा स्नेहपूर्ण अभिवादन व्यक्त गरे।
एक सामाजिक संजाल मार्फत उनले भने- तामु लोचार नयाँ वर्षको सुरुवात हो। यसमा आशा, नवीनीकरण, र सकारात्मक ऊर्जा समाहित हुन्छ। यो हामी सबैको साझा मूल्यहरूको स्मरण गर्ने, सांस्कृतिक धरोहरको उत्सव मनाउने र मेलमिलाप, एकता, तथा आपसी सम्मानप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्ने समय हो।
यसैगरी अन्तमा मुख्यमन्त्रीले यो पवित्र अवसरले सबैका लागि राम्रो स्वास्थ्य, नवीनिकृत आकांक्षा, र सार्थक उपलब्धिहरू ल्याओस् भनि शुभकामना व्यक्त गरे। साथै राज्यभर शान्ति, खुशी र समृद्धि कायम रहोस् एवं आगामी वर्ष प्रत्येक घरमा प्रगति र कल्याण लिएर आउनेछ भन्दै आफ्नो शुभेच्छा जनाए।










