मुख्यमन्त्रीले गरे निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण

n67823632917561443780723621754e883f08aa872feed56c2212364e95e8c35c299e56592edf63f269b8d0

गान्तोक: आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीको एमएलए होस्टेल छेउमा निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे। यस सुविधालाई एक व्यापक केन्द्रको रूपमा विकास गरिॅंदैछ, जसमा आर्ट ग्यालरी, डिजिटल लाइब्रेरी, फिजिकल लाइब्रेरी, आत्मनिर्भर रिसर्च सेन्टर र इन्स्टीट्यूट अफ् ट्रान्सफर्मिङ सिक्किम समावेश हुनेछन्।
उक्त जानकारी आज मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल पोस्टमा दिएका छन्। निरीक्षण भ्रमण अवधि मुख्यमन्त्रीले भवन तथा आवास विभागका अधिकारीहरूलाई निर्माण कार्यमा तीव्रता ल्याउन र समयमा पूरा गर्न निर्देश दिए। यसको निर्माण पूरा भएपछि यो पूर्वाधार हाम्रो समुदाय, शोधकर्ताहरू र विद्यार्थीहरूका लागि अमूल्य सम्पत्ति बन्ने उनले बताएका छन्।
मुख्यमन्त्रीले यो पूर्वाधार राज्यको बौद्धिक र सांस्कृतिक विकासको लागि एक प्रमुख कदम हुनेछ भनी विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement