नाम्ची: आज सिक्किम एकाना क्यान्सर इन्स्टीट्यूटको आधारशिला सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले कारफेक्टार, जोरथाङमा राखे। यस अवसरमा सिक्किम विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्रीगण, विधायक सुनीता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव, मुख्यमन्त्रीका प्रेस सचिव तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
यो क्यान्सर इन्स्टीट्यूट उन्नत स्वास्थ्य हेरचाह प्रणालीले सुसज्जित हुनेछ, जसको परिकल्पना सिक्किम सरकारले गरेको हो। यस संस्थानको स्थापनाका लागि राज्य सरकारले ५० ऐकर जमिन आवण्टित गरेको छ। ५०० पलङ क्षमता भएको यस संस्थानमा चिकित्सा र नर्सिङ कलेजका साथै प्यारामेडिकल र वेलनेश सेन्टर पनि सामेल रहनेछन्।
यस संस्थानको स्थापनाले राज्यका साथै छिमेकी क्षेत्रका मानिसहरू पनि लाभान्वित बन्ने छन्। यस संस्थानले क्यान्सरको उपचारका लागि दुवै निवारक र उपचारात्मक पक्षमाथि ध्यान केन्द्रित गरेर काम गर्ने बताइएको छ।










