गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले उनको जन्मदिनको अवसरमा, आफ्नी जन्म जननी आमाको स्नेहपूर्ण आशीर्वाद लिन पाउँदा साँच्चै धन्य र अत्यन्तै विनम्र महसुस गरे।

यसबारे संजालमा उल्लेख गर्दै मुख्यमन्त्रीले आमाको प्रार्थना, निस्वार्थ माया र शान्त शक्तिले सधैं उनको जीवनमा मार्गदर्शन र प्रेरणाको सबैभन्दा ठूलो स्रोतको काम गरेका बताए र यस क्षणले यो दिनलाई उनको लागि अत्यन्तै अर्थपूर्ण बनाइदियो भनि व्यक्त गरे।








