गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले पूर्व सांसद श्रीमती चन्द्रमाया लिम्बूको निवास पुगेर उनकी प्रिय पिता, स्व. जसवीर लिम्बूप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे। स्मरणीय छ ४ फेब्रुअरी २०२६ मा जसवीरको स्वर्गबास भएको थियो।
सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले शोकमग्न परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरे र दिवंगत आत्माले शान्ति प्राप्त गर्न सकून् भनी प्रार्थना गरे।










