गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमका सबै दिदी बहिनी तथा दाजु-भाइहरूलाई सोनाम लोछारको पावन तथा पर्वमय अवसरमा हार्दिक शुभकामना व्यक्त गरे।
सामाजिक संजाल मार्फत उनले भने, तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पवित्र पर्वले हाम्रो प्राचीन परम्परा, आध्यात्मिक नवीकरण र सद्भाव तथा कृतज्ञताका मूल्यहरू झल्का,तउँछ। यो नयाँ आशा, सकारात्मकता र नयाँ सुरुवातलाई आत्मसात गर्ने समय हो।
संजालमा मुख्यमन्त्रीले जनाए सिक्किमको शक्ति यसको बहुलतावादी चरित्रमा निहित छ, जहाँ विविध संस्कृति र आस्थाहरू सहअस्तित्वमा फस्टाइरहेका छन् र हाम्रो राज्यको सामाजिक तानाबानालाई अझ समृद्ध बनाइरहेका छन्। यो साझा विरासतले सामाजिक सद्भावलाई मजबुत बनाउँछ र हामीलाई एकतामा बाँध्ने भावनालाई थप सुदृढ गर्दछ।
अन्तमा मुख्यमन्त्रीले सोनाम लोछारले सबैका लागि नयाँ आशा, सामूहिक कल्याण र समृद्धि ल्याओस्, र आपसी भाइचारा तथा सद्भावका सम्बन्धहरू अझ प्रगाढ बनून् भन्दै सबैलाई सोनाम लोछारको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।










