मुख्यमन्त्रीद्वारा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त

FB_IMG_1771580791567

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले डुगा स्थित स्व. श्री रणजित कुमार प्रधान (सेवानिवृत्त अतिरिक्त महानिरीक्षक) को निवासमा गई शोकाकुल परिवारप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गरे।
यसबारे प्राप्त जानकारी अनुसार मुख्यमन्त्रीले ‘ॐ शान्ति’ को प्रतिध्वनिसितै स्व. प्रधानको निम्ति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको शान्तिको लागि प्रार्थना गरे। साथै उनले राज्यका लागि स्व.प्रधानले गरेको समर्पित सेवा तथा समाजमा पुर्‍याएको अमूल्य योगदानलाई सम्झे।


मुख्यमन्त्रीले स्व. प्रधानको पुण्यात्माले शान्तिमा विश्राम गरोस् र यो गहिरो दु:खको समयमा ईश्वरले शोकाकुल परिवारलाई शक्ति, साहस र सांत्वना प्रदान गरोस् भने।

About Author

Advertisement