गान्ताेक: आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमका राज्यपाल श्री ओमप्रकाश माथुरज्यूलाई भेटेर नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्न पाउँदा गौरव महसुस गरे।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले भने- यस सौहार्दपूर्ण भेटघाटले राज्यको सेवामा निरन्तर मार्गदर्शनका लागि राज्यपाललाई उत्तम स्वास्थ्य, सुख–समृद्धि र दीर्घायुसम्बन्धी शुभेच्छा व्यक्त गर्ने अवसर प्रदान गर्यो। राज्यपालको निरन्तर सहयोग, दूरदृष्टि र प्रेरणादायी नेतृत्वप्रति मुख्यमन्त्री अत्यन्त कृतज्ञ रहेको बताए।

अन्तमा मुख्यमन्त्रीले नयाँ वर्षले सिक्किमका जनताको हित र प्रगतिका लागि राज्यपाललाई थप शक्ति, सफलता र उत्साह प्रदान गरोस् भनि प्रार्थना गरे।










