गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले मन्त्री श्री सोनाम लामालाई उनको जन्मदिनमा हार्दिक शुभकामना व्यक्त गरे।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले श्री लामालाई सधैं सुस्वास्थ्य, बुद्धिमत्ता र शक्ति प्राप्त गर्न र जनताको सेवा समर्पण र करुणाका साथ निरन्तर गरिरहन सक्ने कामना गरे। अन्तमा मुख्यमन्त्रीले आगामी वर्ष मन्त्री लामाको लागि सफलता, सन्तुष्टि र निरन्तर उपलब्धिहरूले भरिपूर्ण रहोस् भनि कामना गरे साथै पुनः मन्त्री श्री लामालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना दिए।








