मुख्यमन्त्रीद्वारा भारत अन्डर-१९ क्रिकेट टोलीलाई विजयको शुभकामना

photocollage_202626223310835

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङ ले आईसीसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप मा भारत अन्डर–१९ टोलीले हासिल गरेको उत्कृष्ट सफलताका लागि हार्दिक बधाई व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गरेको सन्देशमा प्रतियोगिताभरि टोलीले देखाएको असाधारण प्रतिभा, उत्कृष्ट टोलीकार्य र अटल दृढ संकल्पले राष्ट्रलाई गौरवान्वित बनाएको उल्लेख गरेका छन्। उनले उक्त विजयले भारतको युवा शक्ति र भारतीय क्रिकेटको उज्ज्वल तथा आशाजनक भविष्यलाई प्रतिबिम्बित गर्ने बताए।
मुख्यमन्त्री तामाङले सम्पूर्ण टोलीको आगामी यात्राका लागि निरन्तर सफलताको कामना गरेका छन्।

About Author

Advertisement