मुख्यमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको समीक्षा

HRXzOptaAAAnqRP

आत्तिनुपर्ने स्थिति छैन, शीघ्र जलस्तर घट्छ’: मुख्यमन्त्री

कोलकाता: पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेंदु अधिकारीले राज्यका विभिन्न भागमा देखिएको बाढीको अवस्थाबारे शुक्रबार समीक्षा गर्दै नागरिकहरूलाई नआत्तिन आग्रह गरेका छन्। जलस्तर शीघ्र नै घट्ने उल्लेख गर्दै उनले स्थिति पूर्ण नियन्त्रणमा रहेको बताएका छन्।
​जलस्रोत विभागको मुख्यालयमा आयोजित आपत्कालीन बैठकको अध्यक्षता गर्दै मुख्यमन्त्री अधिकारीले विभिन्न विभागका वरिष्ठ अधिकारी तथा जिल्लापालहरूसँग बाढीको अद्यावधिक स्थितिबारे जानकारी लिएका हुन्।
​”केही क्षेत्रमा पानी जमेको भए पनि चिन्ता लिनुपर्ने अवस्था छैन, स्थितिमा चाँडै सुधार आउनेछ,” मुख्यमन्त्री अधिकारीले भने, “जोखिमयुक्त क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको छ भने चौपायाको सुरक्षाका लागि पनि आवश्यक व्यवस्था मिलाइएको छ।”
​नदीहरूमा जलसतह बढेका कारण बाँधहरूमा दबाव परेको भए पनि अवस्था नियन्त्रणभित्रै रहेको उनले स्पष्ट पारे। दामोदर भ्याली कर्पोरेसन (डिभिसी) को कार्यशैलीको प्रशंसा गर्दै मुख्यमन्त्रीले भने, “प्रतिकूल परिस्थितिका बाबजुद डिभिसीले प्रशंसनीय काम गरेको छ र बाँधबाट पानी छोड्ने मात्रामा कटौती गरिएको छ।”
​अत्यधिक भारी वर्षा र पानीको तीव्र दबावका बाबजुद कुनै पनि बाँधमा क्षति नपुगेको उनले बताए। पूर्ववर्ती तृणमूल कांग्रेस सरकारको कार्यकालमा मनसुनका बेला बारम्बार बाँधहरू फुट्ने र बालुवाका बोरा राखेर स्थिति सम्हाल्ने प्रयास गरिने गरेको टिप्पणी उनले गरे।
​तल्लो दामोदर उपत्यकाका हावडा र हुगली जिल्लाका केही क्षेत्र मनसुनका बेला बाढीको उच्च जोखिममा रहने गर्छन्। पछिल्लो समय न्यून चापीय प्रणालीका कारण भएको भारी वर्षाले धेरैजसो भूभाग जलमग्न भएका छन्।
​प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि राज्य आपत्कालीन कार्यदल (एसडिआरएफ), राष्ट्रिय आपत्कालीन कार्यदल (एनडिआरएफ), नागरिक सुरक्षा निकाय र प्रहरी टोली परिचालन गरिएको छ। डुबानमा परेका क्षेत्रका बासिन्दाका लागि खाना र खानेपानीको उचित प्रबन्ध मिलाइएको जनाइएको छ।

About Author

Advertisement