गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले टेमी–नाम्फिङ निर्वाचन क्षेत्रका बासिन्दा, स्व. हरि कृष्ण शर्माका सुपुत्र, पूर्व पञ्चायत अध्यक्ष तथा सन् २०२४ को आम निर्वाचनमा टेमी–नाम्फिङ निर्वाचन क्षेत्रबाट सिटिजन एक्सन पार्टी (क्याप) का पूर्व उम्मेदवार विकास शर्मालाई एसकेएम परिवारमा हार्दिक स्वागत गरे।
यसबारेमा सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले शर्माको अनुभव र बलियो जरा–स्तरको जनसम्पर्कले साझा दृष्टिकोणलाई थप सुदृढ बनाउने र आन्दोलनलाई नयाँ गति प्रदान गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको जनाए। साथै एकता, निष्ठा र समर्पित सार्वजनिक सेवाको भावनाका साथ सँगै काम गर्न पाउने अपेक्षासहित अगाडि बढ्न उत्सुक रहेको व्यक्त गरे।
यसरी नै मुख्यमन्त्रीले एसडीएफ पार्टीका संगठनतर्फका उपाध्यक्ष तथा खामडोङ–सिङ्टाम निर्वाचन क्षेत्रका बासिन्दा बसन्त लामिछानेलाई पनि एसकेएम परिवारमा हार्दिक स्वागत गर्न पाउँदा अत्यन्त खुशी भए साथै लामिछाने एसकेएम पार्टीमा आगमनले सिद्धान्तहरूप्रतिको उनको विश्वास र भविष्यका लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ भने। लामिछानेको महत्वपूर्ण योगदानको अपेक्षासहित, प्रदेश र यहाँका जनताको प्रगति तथा कल्याणका लागि सँगै काम गर्ने क्रममा उनलाई पनि मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत हार्दिक शुभकामना व्यक्त गरे।










