मुख्यमन्त्रीद्वारा तुम्लाबुङमा निर्मित युवा माङहिमको उदघाटन

IMG-20231230-WA0199.jpg

वर्तमान सरकारले सबै जाति र धर्मलाई न्याय दिएको छ: मुख्यमन्त्री तामाङ

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्ली तुम्लाबुङमा नवनिर्मित युमा माङ्हिमको विधिवतरूपमा उदघाटन गरे। आजको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सहित संस्कृति विभागका मन्त्री विष्णु कुमार खतिवड़ा, सासंद इन्द्रहाङ सुब्बा, क्षेत्र विधायक सोनाम भेञ्जोङपा लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। आज मुख्यमन्त्री तामाङले यहाँ निर्मित युमा माङ्हीमको विधिवत उदघाटन गरेपछि पूजा अर्चनामा भाग लिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारकालमा राज्यको लिम्बू समुदायले न्याय पाएको बताउँदै राज्यको विभिन्न ठाउँहरूमा माङ्हीमको निर्माण कार्य युद्धस्तरमा भइरहेको जानकारी गराए। कुनै ठाउँमा माङ्हिम निर्माणको निम्ति आफूसमक्ष माग लिएर आउँदा सँधै नै सकारात्मक उत्तर दिएर पठाउने गरेको बताए। यसका साथै वर्तमान सरकारले सिक्किमको सम्पूर्ण जात अनि धर्मलाई न्याय दिएको पनि उनले किटान गरे। पूर्व सरकारले एउटा जातलाई अर्को जातको विरुद्ध उक्साएर विभाजन गर्ने गरेको अनि पूर्व सरकारको नाइके सिक्किमको विभिन्न जातलाई विभाजन गर्दा खुशी हुने गरेको पनि उनले मुख्यमन्त्रीले ठोकुवा गरे। तर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गर्नसाथै विभिन्न जातलाई एकीकरण गर्ने नीति सहित कार्य गरिरहेको बताए। अहिले सिक्किमको सम्पूर्ण जात एक अर्कामा फूलको थुङ्गा सरह मिलेर सिक्किम निर्माणमा सहभागी बनिरहेको पनि उनले बताए। पूर्व सरकारले राज्यको लिम्बू समुदायको केवल मन राख्ने मात्र काम गरेको तर वर्तमान सरकारले साँच्चै सिक्किमे लिम्बू जातिको कार्यहरू मनबाटनै गरेको पनि उनले बताए। सम्पूर्णको माग अनुरुप लिम्बू जातिको रिसर्च सेन्टर अनि अन्य सुविधाहरूयुक्त पूर्वाधारको निर्माण गर्ने पनि उनले जानकारी गराए।

आजको यसै क्रायक्रममाझ मुख्यमन्त्री प्रेम सिंह तामाङले आहोमा युमा माङ्हिम निर्माण गर्नको निम्ति २० लाख रुपियाँ, ताम्बोङ दरामदिनको माङ्हिम सुन्दरीकरणको निम्ति १० लाख रुपियाँ, लिङ्चोम याङ्थाममा नयाँ माङ्हिम निर्माणको निम्ति २० लाख रुपियाँ, क्याङेसे सिरिजह्गा समिति हि-पाताललाई २९ लाख रुपियाँ अनि आरुबोटेमा नयाँ माङहिम निर्माणको निम्ति ५ लाख रुपियाँ प्रदान गरे।

About Author

Advertisement