सरकारी कार्यालयहरूमा चाइल्ड केयर युनिट स्थापना गर्नेः मुख्यमन्त्री प्रेमसिंह तामाङ

गान्तोक: आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले जोरथाङमा आयोजित राज्यस्तरीय माघे मेलाको उद्घाटन गरे। उद्घाटन अघि मुख्यमन्त्री तामाङले जुम सालघारी समष्टिमा दुईवटा पूर्वाधारहरूको शिलान्यास गरे। जुममा १३ ऐकरमा निर्माण हुनगइरहेको क्यापिटल विश्वविद्यालय अनि करफेकटारमा 50 ऐकरमा निर्माण हुनगइरहेको सिक्किम इकाना क्यान्सर इन्सटिट्यूटको शिलान्यास गरे। यहाँ 500 पलङयुक्त अस्पतालको निर्माण हुनेछ। दुईवटा पूर्वाधारको शिलान्यासपछि मुख्यमन्त्री तामाङले जोरथाङमा आयोजित राज्यस्तरीय माघे मेलामा सहभागी जनाए। उनले त्यहाँ राखिएको विभिन्न स्टलहरूको भ्रमण गर्दै मैदानमा उपस्थिति दिए। मुख्यमन्त्री तामाङलाई जोरथाङका जनताले भव्यताको साथ स्वागत जनाए। मुख्यमन्त्री आयोजन समितिको झण्डा उत्तोलन गरेर आधिकारिक रुपमा राज्यस्तरीय मेला उद्घाटन भएको घोषणा गरे।
मकार्यक्रम अवधि मुख्यमन्त्री तामाङले मुख्यमन्त्री राहत कोषबाट विभिन्न उद्यमी अनि युवाहरूलाई आर्थिक सहयोग प्रदान गरे। यसको साथै मुख्यमन्त्री तामाङले पशुपालन विभागद्वारा राज्य.को छवटै जिल्लाको निमित्त शुरु गरिएको मोबाइल भेटनेरी भ्यानलाई हरियो झण्डा देखाए। उक्त मोबाइल भ्यानले ग्रामीण क्षेत्रमा पशु प्राणीहरूको निम्ति उपचार सेवा प्रदान गर्नेछ। यसअवधि जुम सालघारी समष्टिमा दुईवटा पूर्वाधाहरूको शिलान्यास गरेकोमा समष्टिवाशीकोतर्फबाट मुख्यमन्त्री तामाङलाई संबर्द्धना जनाइयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले जोरथाङमा लगभग सात दशकदेखि निरन्तर आयोजन भइरहेको माघे मेलाको विशेष महत्व रहेको जानकारी गराए। यो ऐतिहासिक मेलालाई भव्य अनि सभ्य बनाउनै आफू स्वयंले सक्रियता देखाएर लागीपरेको बताए। पहिला आफू विधायक हुँदा पनि यसरी नै खटने गरेको उनले सम्झना साझा गरे। यसरी सामाजिक कार्यक्रमहरू आयोजन गर्नको निम्ति सबै एक भएर अघि आउने मुख्यमन्त्री तामाङले आह्वान गरे। मेलाको समापन पछि पनि यो एकतालाई यथावत राख्ने आग्रह गरे। यस समष्टिमा आज शिलान्यास भएको दुईवटा पूर्वाधारको निम्ति यस क्षेत्रका जनतालाई मुख्यमन्त्री तामाङले बधाई दिए। करफेकटारमा निर्माण हुने 500 पलङयुक्त क्यान्सर इन्स्टिट्यूट केवल सिक्किमको निम्ति मात्र होइन तर छिमेकी देश लगायत पूर्वाञ्चलको निम्ति निकट भविष्यमा गदर्वको विष्य हुने मुख्यमन्त्री तामाङले बताए। यसको निर्माण पूर्ण भएपछि देश अनि विदेशबाट पनि रोग उपचारको निम्ति यहाँ आउने मुख्यमन्त्री तामाङळे विश्वास व्यक्त गरे।
सिक्किम राज्यमा फर्टिलिटी दरमा आएको कमीमा उनले दुःख प्रकट गर्दै सिक्किमले यो क्षेत्रमा अब ठूलो छलाङ मार्नुपर्ने आशय व्यक्त गर्दै विभिन्न घोषणा गरे। सरकारी कर्मचारी आमाहरूले दुईवटा नानी जन्माए एउटा इन्क्रीमेन्ट दिने अनि तीनवटा नानी जन्माए दुईवटा इन्क्रिमेन्ट दिने घोषणा गरे। यसको साथै सरकारी नौकरी नगर्ने आमाहरूले विशेष सरकारको तर्फबाट पुरस्कार राशी प्रदान गरिने अनि यसको अधिसुचना सरकारले चाँढै जारी गर्ने मुख्यमन्त्री तामाङले बताए। यसको साथै सरकारी कार्यालयहरूमा चाइल्ड केयर युनिट पनि स्थापना गर्ने मुख्यमन्त्री तामाङले घोषणा गरे। यसको साथै मुख्यमन्त्री तामाङले नानीहरूलाई आमाको दुध पिलाउनुपर्ने विष्यमा पनि जोड़ दिए। आज प्रथम दिनको कार्यक्रमलाई क्षेत्र विधायक सुनिता गजमेरले पनि सम्बोधन गर्दै वर्तमान एसकेएम सरकारीको कार्यकालमा यो क्षेत्रमा भइरहेको विभिन्न विकासीय कार्यहरूबारे उनले उपस्थित सबैलाई जानकारी गराइन्। आज खेलकूद विभागद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिताको पनि फाइनल खेल सम्पन्न भयो। यसको साथै स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। राज्यस्तरीय माघे मेलाको समापन आगामी १७ जनवरीको दिन सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ।










