मुख्यमन्त्रीद्वारा जनगणना २०२७ अभियानको शुभारम्भ

FB_IMG_1775055276589

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सिक्किममा सम्मान भवनबाट जनगणना २०२७ अभियानको शुभारम्भ गरे। यस अवसरलाई उनले राज्यलाई अझ सूचित, समावेशी र भविष्यका लागि तयार बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा उल्लेख गरे।
मुख्यमन्त्री तमाङले कार्यक्रमका क्रममा आफैंले स्व-गणना प्रक्रिया पूरा गर्दै यस अभियानप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे। साथै उनले सबै नागरिकलाई यस महत्वपूर्ण राष्ट्रिय कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे।
उनका अनुसार, सही र व्यापक तथ्याङ्क प्रभावकारी शासनको आधार हो। सामूहिक प्रयासमार्फत समान विकास सुनिश्चित गर्न र दीर्घकालीन योजनालाई सुदृढ बनाउन जनगणनाको महत्वपूर्ण भूमिका रहने उनले बताए।
मुख्यमन्त्रीले जनगणना २०२७ अभियानलाई सफल बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै यसले राज्य तथा देशभर समतामूलक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

About Author

Advertisement