मुख्यमन्त्रीद्वारा क्यापिटल यूनिभर्सिटीको आधारशिला

सोरेङः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्ला अन्तर्गत जूममा क्यापिटल यूनिभर्सिटीको आधारशिला राखे। यस अवसरमा सिक्किम विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्रीगण, क्षेत्र विधायक सुनीता गजमेर तथा गणमन्य व्यक्तिहरू उपस्थित थिए। प्रस्तावित क्यापिटल युनिभर्सिटी १३ ऐकर जमीनमा स्थापना गरिने छ। यस संस्थानमा अंतःविषय पाठ्यक्रम पढाइने छ र विद्यार्थीहरूले अकादमिक अध्ययन गर्न सक्नेछन्। क्यापिटल युनिभर्सिटीका अधिकारीहरूले प्रस्तावित विश्वविद्यालयमाथि प्रकाश पारेका थिए।

मुख्यमन्त्री तामाङले शुरूमा भूमि पूजा गरे जसपछि आधारशिला राखियो। कार्यक्रम अवधि एसबीएसका सल्लाहकार मोहन कुमार राईको निधनमा शोक व्यक्त गर्दै मौन धारण गरिएको थियो बिना राईले जूमको विकासका लागि ऐतिहासिक कदम उठाइदिएकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरिन्।

About Author

Advertisement