गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज दार्जिलिङ–सिक्किम डायोसिसका बिशप स्टेफन लेप्चासाङसँग शिष्टाचार भेट गरेका छन्।
मुख्यमन्त्री तामाङले दार्जिलिङस्थित बिशप हाउसमा पुगेर बिशप लेप्चासाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले इस्टर पर्वको अवसरमा बिशपलाई हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, शान्ति र दिव्य आशीर्वादको कामना गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।
त्यसअघि मुख्यमन्त्री तामाङले पूर्वी हिमालय डायोसिसका बिशप रेभरेन्ड रोशन प्रधानसँग पनि भेट गरेका थिए। भेटका क्रममा उनलाई सम्मान गरिएकोप्रति खुशी व्यक्त गर्दै मुख्यमन्त्रीले आभार प्रकट गरेका छन्।

मुख्यमन्त्री तामाङले समाजको हितका लागि निरन्तर आशीर्वाद, मार्गदर्शन र सहकार्यको अपेक्षा राखेको पनि उल्लेख गरेका छन्।










