गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसितै तामाङले आज आधिकारिक कार्यक्रमतर्फ जाँदै गर्दा बाटोमा एउटा परिवारसित भेट गरे।
मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत यस आशयको पुष्टि गर्दै भने “हरेक मानिस न्यानो र आरामदायी जाडोको हकदार हुन्छ र मैले उनीहरूलाई मायाको सानो चिनो अर्पण गरेँ। बदलामा, उनीहरूको आत्मीयता, स्नेह र आशिषहरूले मेरो आत्मालाई न्यानो बनायो र मेरो दिन साँच्चै विशेष भयो।”










