मुख्मयन्त्री तामाङले गरे पूर्व राज्यपाल गंगा प्रसादसँग भेट

IMG-20250528-WA0245

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठ समारोहमा उपस्थिति जनाउन हिजो सिक्किम आइपुगेका पूर्व राज्यपाल गंगा प्रसादसँग भेट गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको विकासमाथि चर्चा गरे। मुख्यमन्त्री तामाङले पूर्व राज्यपाललाई आज दिवा भोजको निम्ति आमन्त्रित गरेका थिए। राज्यपाललाई स्वागत जनाउँदै उनको कार्यकालको अर्थपूर्ण रहेको विषयमाथि चर्चा गरे। उनको कार्यकालमा जनतासँग साटेका भावनात्मक सम्बन्ध, राज्यको प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिको विकासमा गरेको सहयोगमा मुख्यमन्त्री तामाङले प्रशंसा गरे। भेटबारे उल्लेख गर्दै मुक्यमन्त्रीले भने, “पूर्व राज्यपाल गंगा प्रसादलाई फेरि एक पटक भेट्न पाउनु खुशी र सम्मानको कुरा थियो।” उनले थप उल्लेख गरेअनुसार “ उनको उपस्थितिले सदैव सम्बन्ध बलियो बनाउने भावना जगाउँछ, र सिक्किमबारेमा उनको मनमोहक सम्झनाहरू सुन्न पाउँदा मन प्रफुल्लित हुन्छ।” यसरी नै पूर्व राज्यपाल प्रसादले यस ऐतिहासिक अवसरमा भाग लिन पाउँदा खुशी व्यक्त गर्दै राज्य र यहाँका जनताप्रति आफ्नो निरन्तर स्नेह रहने मन्तव्य व्यक्त गरे। त्यसै गरी, मुख्यमन्त्रीले राज्यपाल प्रसादको स्वास्थ्य र कल्याणको लागि शुभकामना व्यक्त गर्दै सिक्किममा उनलाई स्वागत गर्न पाउँदा सदैव खुशी लाग्ने विचार प्रकट गरे।

About Author

Advertisement