मीडिया कर्मीहरूलाई स्वास्थ्य अधिकारीले दिए धम्की

CollageMaker_202334231917952.jpg

कोलकाता: पश्चिम बंगालमा एडिनोभाइरसको कारण नानीहरूको लगातार मृत्यु भइरहेको मामिलालाई लिएर खबर गर्न पुगेका मीडिया कर्मीहरूलाई राज्यका स्वास्थ्य निर्देशक सिद्धार्थ नियोगीले धम्की दिएका छन्।उनले क्यामरा जफत गराइदिने भनेका छन्। वस्तुतः महानगरको राजकीय बीसी रोय शिशु अस्पकालबाट पाँच घण्टाको अन्तरालमा तीन नानीको मृत्युको खबर पाइयो। सबैमा एडिनोभाइरस संङ्क्रमणको लक्षण थियो। त्यसको कवरेजको निम्ति मीडिया कर्मी त्यहाँ पुगेका थिए। घटनास्थलमा स्वास्थ्य निदेशक सिद्धार्थ नियोगी पनि थिए। उनले मीडिया कर्मीहरूलाई देखेर रिसाउँदै उनीहरूको क्यामरा जफत गराईदिने भने। यद्यपि, उनले धम्की दिइरहे अनि मीडिया कर्मीले आफ्नो काम गरिरहेछ ।चिकित्सक संगठनका नेता तापस गुमटाले भने, स्वास्थ्य अधिकारीले सोची- सम्झेर बोल्नुपर्छ मीडियालाई आफ्नो काम गर्नदेखि रोक्न सकिन्न। धम्कीको भाषामा कुरा गर्नु राज्यमा कुनै अप्रिय घटना हुने सङ्केत हो।

About Author

Advertisement