१९ जुलाईः मिस्टर यूनिभर्स र चारपल्ट मिस्टर इण्डियाको खिताब जित्ने बडी बिल्डर आशिष साखरकरको मंगलवार अबेर राति निधन भयो। उनी ४३ वर्षका थिए। भारतीय बडी बिल्डर्स फेडरेशन (आईबीबीएफ)-का अधिकारीले आज बताएअनुसार, मुम्बईको परेल निवासी साखरकर स्वास्थ्य सम्बन्धी केही समस्याहरूले पीड़ित थिए अनि उनलाई एक हप्ता अघि दक्षिण मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको थियो। साखरकरले ८० किलोग्राम वर्गमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार जितेका थिए। उनलाई महाराष्ट्र सरकारले शिव छत्रपति पुरस्कारले पनि सम्मानित गरेको थियो। साखरकरको परिवारमा पत्नी र एकजना छोरा छन्। उनको आज अन्तिम संस्कार गरियो।









