मिशन शक्ति योजनाको कार्यान्वयन र दिशानिर्देशमाथि चर्चा लिएर बैठक

IMG-20240508-WA0273.jpg

पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज रूअर्बन कम्युनिटी कम्प्लेक्समा महिला एवं बाल विकास विभागको बैठक आयोजन गरे। बैठक आयोजन गर्नुको उद्देश्य मिशन शक्ति योजनाको कार्यान्वयन र दिशानिर्देशमाथि चर्चा गर्नु रहेको बताइएको छ।

बैठकमा जिल्लापालले कमिटीका सदस्यहरूलाई योजनाबारे महिलाहरूमा जागरूकता फैलाउन र उनीहरूलाई सशक्त बनाउन सम्बन्धित विभागहरूसॅंग संलग्न बन्न आह्वान गरे। उनले शिकायत दर्ता गर्ने प्रक्रिया र त्यसलाई सम्बोधित गर्ने रणनीतिबारे पनि जानकारी लिए। यस अतिरिक्त, उनले समाजमा महिलाहरूको कल्याणको निम्ति केही सुझाउहरू पनि दिए।

यसैगरी, वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले महिलाहरूको सुरक्षा र सशक्तिकरणको निम्ति अधिकारीहरूलाई सुझाउ दिए। उनले खॉंचो परेको समयमा प्रभावी समर्थन सुनिश्चित गर्न पुलिस विभागसॅंग समन्वय राख्न सुझाउ दिए। उनले महिलाहरूमा जागरूकताका साथै कौशल विकासमाथि पनि ध्यान दिनुपर्ने बताए।

बैठकलाई वान स्टप सेन्टर स्कीममी केन्द्रिय प्रशासक छोङ छुकी भोटिया, जिल्ला अभियान समन्वयक सृष्टिका शर्मा आदिले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement