सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा दार्जीलिङ पुलिसले सेमिफाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा आइतवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले गत विजेता कनकाई स्पोर्टिंग क्लब (नेपाल)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल पाल्देन तामाङले २४औं मिनटमा दर्ता गरे। विजेता टीमका प्रदीप बिश्वासलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने अन्तिम क्वार्टर फाइनल म्याचमा जर्जियन फूटबल क्लब र दलसिंगपाड़ा फूटबल एकाडमी (डीएसए)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










