सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा दार्जीलिङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा आइतवार भएको म्याचमा दार्जीलिङ पुलिसले ब्राइट स्पोर्टिंग क्लबविरुद्ध २–०–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अभिषेक दर्जीले ५३औं र प्रशान्त (भाइचुङ) राईले ६३औं मिनटमा गरे। प्रशान्त राईलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने म्याचमा जर्जियन फूटबल क्लब र कञ्चनजंघा फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।







