सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)–ले फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल म्याचमा डीएसए–ले जलपाइगढ़ी पुलिसविरुद्ध २–०–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुरज केरकेट्टाले ६२औंं र हेमराज भुजेलले ७७औं मिनटमा गोल गरे। विजेता टीमका अरुण तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ११ जनवरीमा खेलिने फाइनलमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र तरुञ्जाबारी फूटबल क्लब (टीएफसी)–बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










