मिलनपल्ली सुकान्त शिशु उद्यानको उद्घाटन

IMG_20220615_152848.png

सिलगढी। मिलनपल्ली सुकान्त शिशु उद्यानलाई नयाँ रुपमा तयार गरी सिलगढी नगरनिगमका मेयर गौतम देवले विधिवत् रुपमा उद्घाटन गरे। एउटा सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा हिजो मेयर गौतम देवले उक्त शिशु उद्यानको उद्घाटन गरे। उक्त शिशु उद्यानलाई लगभग १४ लाख रुपियाँको लागतमा नयाँ रुपमा तयार गरिएको छ भने उक्त शिशु उद्यान हिजोदेखि सर्व साधारणको लागि खोलिदिएको बताइएको छ। उद्घाटन कार्यक्रममा पूर्व काउन्सिलर लगायत वर्तमान काउन्सिलरहरूलाई सम्मान जनाइयो।

About Author

Advertisement