मिरिक: तृणमूल कङ्ग्रेस अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले मिरिक नगरपालिका वार्ड नम्बर ४-को गठबन्धन वार्ड कमिटी गठन गरियो। सन्त गुरूङको अध्यक्षतामा अनि विकास बराइलीले सञ्चालनमा भूतपूर्व सैनिक भवनमा सम्पन्न सभाले वार्ड अन्तर्गत सातवटा टोलका ३५ जना प्रतिनिधिहरूलाई लिएर पूर्णाङ्क वार्ड कमिटी गठन गरिएको अध्यक्ष उज्जवल मंग्रातीले जानकारी दिएका छन्। उक्त नयाँ वार्ड कमिटीमा अध्यक्ष उज्ज्वल मंग्राती, उपाध्यक्षहरू प्रभात देवान, रश्मि प्रधान, जानकी सुब्बा, मूल सचिव बिकाश बराइली, सह सचिवहरू क्रमैले मिलन थापा, सुनिता गुरुङ, उदय गिरी, कोषाध्यक्षहरू ललित थापा, अजुबा तोलाङगी लगायत कार्यकारी सदस्यहरू चयन गरिएको तिनले बताए।










