मिरिक: दसै अनि तिहार पर्वलाई ध्यानमा राखेर आगामी २१ अक्टोबरदेखि २ नोभेम्बरसम्म बुधबार पनि मिरिक बजार खुल्ला रहने भएको छ ग्राहकहरूको सुविधाको लागि नै मिरिक व्यवसाय संगठनले आउँदो २१ अक्टोबरदेखि २ नोभेम्बरसम्म बुधबार पनि मिरिक बजार खुल्ला गर्ने निर्णय लिएको संगठनका अध्यक्ष सौराज गोले अनि महासचिव एसबी गजमेरले बताएका छन्। तिनीहरूले बताए अनुसार साताको प्रत्येक बुधबार मिरिक व्यावसाय संगठनले साप्ताहिक विदा पालन गर्दै मिरिक बजार बन्द राख्ने गरे तापनि दसै अनि तिहार पर्व संघारमा रहेकोले बुधबार पनि बजार खुल्ला गर्ने निधो गरेको हो। दसै अनि तिहार पर्वमा ग्राहकहरूलाई किन-बेचमा कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्यले नै संगठनले उक्त निर्णय गरेको तिनीहरूले बताए।











