मिरिक बजारदेखि सौरेनी बजारसम्म गोरामुमोद्वारा कालो झण्डा लगाउने कार्य

IMG-20240805-WA0235

मिरिक: गोर्खाहरु खुशी छैनन् र भारत सरकारले झट्टभन्दा झट्ट अब गोर्खाहरूलाई न्याय दिनुपर्छ भन्दै गोरामुमो अध्यक्ष मन घिसिङले २७ जुलाई २०२४ शहीद दिवसको दिन कालो झण्डा लगाएर भारत सरकारलाई सन्देश दिनको निम्ति बौध्दिक आन्दोलनको घोषणा गरेपछि आज महेन्द्र छेत्रीको नेतृत्वमा मिरिक ब्राञ्च कमिटीले मिरिक बजारदेखि सौरेनी बजारसम्म कालो झण्डा लगाएका छन्। यसै क्रममा आरएस देवानले पत्रकारहरूलाई जानकारी गराउँदै भने, पार्टी अध्यक्ष मन घिसिङले पार्टीको झण्डालाई पर सारेर गोर्खा एकताको सन्देश दिन्दै कालो झण्डा लगाउँदै भारत सरकारलाई गोर्खाहरु खुशी छैनन् भनी दिएको सन्देशलाई व्यापक रुपमा सफल बनाउनको निम्ति हामीले कार्यक्रमको आयोजना गरेका हौं। हामीले पहाडलाई अशान्ति बनाउनको निम्ति होइन तर बीस वर्ष पुगिसक्दा पनि भारत सरकारले न्याय नदिन्दा हामी खुशी छैनौं भन्नु त पायौं नि। यसैकारण अब सम्पुर्ण राजनैतिक दल संघ संस्था सम्पूर्ण गोर्खा जाति एक भएर सबै राजनैतिक दलको झण्डा त्यागेर कालो झण्डा लिएर भारत सरकारलाई सन्देश दिनलाई कालो झण्डा लगाउने कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्।

About Author

Advertisement