मिरिक धर्बु उच्चतर माध्यमिक विद्यालयको ब्यान्ड दिल्लीमा आयोजित राष्ट्रिय स्कुल ब्यान्ड प्रतियोगितामा विजयी

मिरिक: राष्ट्रिय समर स्मारक परिसर नयाँ दिल्लीमा राष्ट्रिय स्कुल ब्यान्ड प्रतियोगिताको आयोजना गरिएको छ। यस प्रतियोगितामा थर्बु उच्चतर माध्यमिक विद्यालयको व्यान्ड टोली विजयी बनेको छ। पश्चिम बङ्गाल राज्यलाई नै प्रतिनिधित्व गरेर गणतन्त्र दिवस अन्तर्गत आयोजित स्कुल ब्यान्ड प्रतियोगितामा भाग लिन धर्बु उच्चतर माध्यमिक विद्यालय, मिरिकका व्याण्डका टोली दिल्ली पुगेका थिए।

यस प्रतियोगितामा विजय हासिल गरेर व्यान्ड मास्टर, ब्यान्डका सदस्यहरू, शिक्षक शिक्षिका अनि विद्यालयले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको गरिमालाई उच्च पारेको छ। उक्त जीतको लागि जीटीए प्रमुख कार्यपाल अनित थापाले थर्बु उच्चतर माध्यमिक विद्यालयको ब्यान्डका सबै सदस्यहरूलाई बधाई दिएका छन्।

About Author

Advertisement