मिरिक उमाविको १२५ओै वर्षगाँठको वर्षब्यापी कार्यक्रम समापन

00-IMG_20221021_171554

मिरिक: स्थपनाको १२५ओै वर्षगाँठ वर्षब्यापी पालन गरिरहेको मिरिक उमाविले शुक्रबार यसको समापन कार्यक्रम  गर्यो। समापन कार्यक्रमको अध्यक्षता विध्यालयका शिक्षक प्रभारी सुवास खातीको अध्यक्षता अनि शिक्षक शिक्षिकाहरू सुरेस तामाङ  अनि सुजता नार्देनले संचालन गरेको कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा, मिरिक महकुमा शासक सुदीप्त देवनाथ, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, नफीसउल हक, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, पश्चिम  बङ्गाल खम्बु राई विकास  एंव सांसकृतिक बोर्डका चेयरम्यान एंव भूतपूर्व  विध्यार्थी  दीपराज राई, वैज्ञानिक टाँसी वाङ्दी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, भूतपूर्व  शिक्षक शिक्षिका, विध्यार्थी आदिको उपस्थिति  रहेको थियो।

स्वागत गीतबाट शुरू भएको कार्यक्रममा स्कूल अफ इयर अंकिता प्रधान, प्रज्ञा थापा, रविहाङ राईलगायत विध्यालयलाई योगदानदिने ब्याक्तिहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान पनि गरियो।  विध्यालयका विध्यार्थी अनि शिक्षकशिक्षिकाहरूले गीत अनि नृत्य प्रस्तुत गरेको कार्यक्रममा  बोल्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, ‘मिरिक उमाविको १२५ओै वर्षगाँठको शुभकामना  दिँदै हामी परिचयको लडाँई लड्दा लड्दा धेरै जलाइयो। अब याथर्थको राजनिती  गर्दैछुl’ प्राथमिक शिक्षामा सुधार ल्याउने चर्चा गर्दै उनले भने, ‘पाठशालाको पूर्वधार तयार पार्नु पटि लाग्नेछु। प्रथममा प्राथमिक पाठशालालाई ठिक बनाउनुपर्छ। नत्र यो डाइनोसर जस्तो भएर जानेछ। प्राथमिक शिक्षामा सुधारकोलागि अभियान थाल्नुपर्छl विन्टरदेखि हामी प्राथमिक  पाठशाला बनाउन थाल्नेछौl’ उनले अझ भने, ‘नेताले नोकरी दिँदैन। सिस्टमले नोकरी दिन्छ। यसैले सिस्टम बनाउन म लागिपरेको छुl’ मिरिक उमाविको भवन विन्टरदेखि शुरू गरिदिने वचन उनले दिए।

About Author

Advertisement