मिरिकमा वाग्येकार गोपाल योञ्जनक‍ो २८औं पुण्यतिथि पालन

IMG-20250521-WA0215

मिरिक: गोपाल योञ्जन प्रतिष्ठान मिरिकले गोपाल योञ्जनको पुण्यतिथि पालन गरेको छ। प्रतिष्ठानको सचिव केसाङ लामाको सहजतामा वाग्येकारको मूर्तिमा खदा माला अनि पुष्पाञ्जली चडाएपछि गायिका भावना थापासित सम्पूर्णले ‘जुनिभर ईश्वर म सुकर्म गरु’ गीत गाएपछि संगीतकार कैलाश राईले श्रध्दाञ्जली वक्तव्य प्रस्तुत गरेका थिए। गायक रमेश गजमेरले वाग्येकार गोपाल योञ्जनको गीत ‘हर नादहरु तिम्रै’ वाचन गरेपछि श्रध्दाञ्जली सभाको अध्यक्ष एसबी गजमेरले वक्तव्य प्रसतुत गरेका थिए।पुण्यतिथि समारोहमा वरिष्ठ कवि गीतकार अरुणचन्द्र कुलुङ, लोक गायिका राधिका प्रधान, उद्घोषिका अम्बिका थापा, सिनेकर्मी परसु सुब्बा, कोरियोग्राफर दिपेन बस्नेत, नृत्यागना मिङसाङ तामाङ अनि गीता तामाङको उपस्थितिमा कार्यक्रम ग‍ोपालमय बनेको थिय‍ो।

About Author

Advertisement