मिरिक: मिरिकमा मंगलबार भाजपा गठबन्धनको पक्षमा एक विशाल र्याली निकालिएको छ। र्याली आले खेल मैदानबाट शुरू भई बजार क्षेत्रमा पुगेर समापन गरिएको थियो।
र्यालीका क्रममा भाजपा समर्थित उम्मेदवार को पक्षमा व्यापक समर्थन जुटाइएको थियो। र सोनम लामाले दुई हात जोडेर उपस्थित जनतालाई अभिवादन गरेका थिए।
र्यालीमा गोर्खा समुदायको एकता स्पष्ट रूपमा देखिएको थियो। मिरिकवासीहरूको उत्साहले यसपटक परिवर्तनको चाहना रहेको संकेत दिएको छ। “मिरिक चाहन्छ वास्तविक परिवर्तन” भन्ने सन्देश क्षेत्रभरि गुन्जिएको थियो।
र्यालीमा युवा देखि वृद्धसम्मको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले गोर्खा समाजको भविष्य सुरक्षित गर्ने, आफ्नो सम्मान जोगाउने र क्षेत्रीय विकासलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अवसरमा सांसद राजू बिष्टले मिरिकका जनता यसपटक लाई सत्ताबाट हटाएर भाजपा उम्मेदवारलाई विजयी गराउन तयार रहेको दाबी गरे। साथै उनले जनताको माया र समर्थनप्रति आभार व्यक्त गरे।










