मिरिकमा पनि भव्य रुपमा पालन गरियो राजा राम मोहन रायको जन्म जयन्ती

IMG-20230522-WA0337.jpg

मिरिक: आज यहाँको प्रेमचन्द्र स्मारक ग्रामीण पुस्तकालयको प्रेक्षागृहमा राजा राम मोहन रायको २५१औं जन्म जयन्ती मिरिक खण्ड पुस्तकालय कर्मचारी संगठनको आयोजनामा पालन गरियो मिरिक नगर पुस्तकालय प्रमुख शिला गुरुङले सञ्चालन गरेको कार्यक्रमलाई राजबहादुर राईले अध्यक्षता गरेका थिए। यसरी नै अवकाशप्राप्त पुस्तकालय अधिकारी केबी गिरी, डिपी गुरूङ, मधुकर मोक्तान, डालिम दुतराज, पीबी गुरूङ, दुर्गा साम्बा, पीके. प्रधान, शिक्षक केसाङ लामा लगायत मिरिक क्षेत्रको विभिन्न पुस्तकालयबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।प्रेमचन्द्र स्मारक ग्रामीण पुस्तकालयका पुस्तकालय अधिकारी सोभन घिसिङले स्वागत मन्तव्य राखेपछि राजा राम मोहन रायको प्रतिकृतिमा अथितिहरूले धुप अनि दीप प्रज्वलन गरेपछि शुरू भएको कार्यक्रममा वक्ताहरूले राजा राम मोहन रायबारे आ-आफ्नो वक्तव्य राखे। यसको साथै वक्ताहरूले पुस्तकालयको अवस्था अनि व्यवस्था बारे पनि प्रकाश पारे।

About Author

Advertisement